रुसी राजधानी मस्कोमा युक्रेनी ड्रोन हमला – Nepal Press

रुसी राजधानी मस्कोमा युक्रेनी ड्रोन हमला

काठमाडौं । युक्रेनी ड्रोनले रुसी राजधानी मस्कोमा हमला गरेका छन् । सोमबार बिहान रुसी समय अनुसार ४ बजे भएको हमलाले गैर आवासीय भवनहरूमा लक्षित गरेको रुसी अधिकारीहरूले बताएका छन् ।

रुसी सरकारी विश्व च्यानल आटरीले मस्कोका मेयर सेर्गि सेभ्बायानलाई उद्धृत गर्दै जनाए अनुसार रुसी अधिकारीहरूले उक्त ड्रोन हमलालाई हमला नभनेर हमला प्रयास भनेका छन् । हमलामा कुनै मानवीय क्षति नभएको रुसी अधिकारीहरूले बताएका छन् ।

रुसी अधिकारीहरूले इलेकट्रोनिक्स हातहतियारबाट ड्रोन झारिएको बताएका छन् । रुसी रक्षा मन्त्रालयले पनि युक्रेनी आतंकवादी हमला प्रयासमा आएका दुई ड्रोन झारेर विफल पारेको उल्लेख गरेको छ ।

ड्रोन हमला भएपछि आसपासका क्षेत्रहरूमा केहि समय ट्राफिक निषेध गरिएको थियो । गैर आवासीय क्षेत्रमा ड्रोन हानिए पनि आवासीय क्षेत्रका केहि झ्याल ढोकाहरू चर्कोको रुसी मिडिया आरटीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *