सुडान सत्ता संघर्षको सय दिन, १ हजार १३६ को मृत्यु, ३० लाख विस्थापित – Nepal Press

सुडान सत्ता संघर्षको सय दिन, १ हजार १३६ को मृत्यु, ३० लाख विस्थापित

सुडान । पोर्ट सुडान विमानस्थलमा  भएको एक नागरिक विमान दुर्घटना हुँदा चार सैनिकसहित नौ जनाको मृत्यु भएको छ ।

सुडानी सेनाले एक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाको जानकारी दिएको हो । सुडानी सेनाका अनुसार दुर्घटनामा एक बालिकाको ज्यान बचेको छ ।

सुडानी सेनाले विमान दुर्घटना हुनु अघि एन्टोनोभ उडिरहेको र त्यसमा गल्ती भएको र त्यसपछि विमान दुर्घटनाको शिकार भएको जानकारी दिएको छ ।

यस वर्षको अप्रिल १५ देखि सुडानमा सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भिडन्त जारी छ।

त्यसबेला देखि नै पोर्ट सुडान प्रवासीहरू, कूटनीतिक नियोगका सदस्यहरू र उत्तर अफ्रिकी देशबाट भागेका केही सुडानी नागरिकहरूका लागि निकास बिन्दु बन्दै आएको छ ।

सुडानमा गृहयुद्ध आइतबार सयौँ दिनमा प्रवेश गरेको छ । यसबारे सुडानको स्वास्थ्य मन्त्रालयले हिंसामा हालसम्म कम्तीमा १ हजार १३६ जनाको मृत्यु भएको जानकारी दिएको छ । यद्यपि, अन्य अनुगमनकर्ताहरूले मृत्युको संख्या धेरै बढी हुन सक्ने विश्वास गर्छन् किनभने धेरै मृत्युहरू रिपोर्ट सार्वजनिक अझै गरिएको छैन।

साथै, ३० लाखभन्दा बढी मानिस सुडानबाट भागेको अनुमान गरिएको छ । जसमध्ये ७ छिमेकी मुलुक इजिप्ट, चाड र दक्षिण सुडानलगायतमा भागेर शरण लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर