भारतलाई हराउँदै पाकिस्तान बन्यो एसीसी इमर्जिङ टीम्स एसिया कपकाे विजेता – Nepal Press

भारतलाई हराउँदै पाकिस्तान बन्यो एसीसी इमर्जिङ टीम्स एसिया कपकाे विजेता

काठमाडौं । भारत ‘ए’लाई १२८ रनले पराजित गर्दै पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टीम्स एसिया कप विजेता बनेको छ ।

पाकिस्तान ‘ए’ले दिएको ३५३ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ४० ओभरमा २२४ रनमा अल आउट भयो ।

भारतका लागि अविषेक शर्माले ६१ रन बनाउनबाहेक अन्य बाट्यसम्यानले अर्धशतकीय पाली खेल्न सकेनन् । पाकिस्तानका सुफियान मुकिमले ३ तथा अर्शत इकबाल, मेहरान मुम्ताज र मोहम्मद वासिनले २/२ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तान ‘ए’का लागि तैयपायीले १०८, सैयम अयुपले ५९ र साहिब जाभा फहरानले ६५ रन बनाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर