ललितपुर र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर – Nepal Press

ललितपुर र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर

काठमाडौं । सरकारले दुई वटा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले ललितपुर महानगरपालिका र पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका सहसचिव विरेन्द्रदेवी भारतीलाई ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका सहसचिव गणेश अर्याललको गृह मन्त्रालय अन्तरगत सरुवा भएको छ ।

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापालाई भने पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर