फर्मुल्लाह मन्सुरले भने- कांग्रेस बैठकमा राजेन्द्र लिङ्देनका भाइहरु बोल्दैछन् (भिडिओ) – Nepal Press

फर्मुल्लाह मन्सुरले भने- कांग्रेस बैठकमा राजेन्द्र लिङ्देनका भाइहरु बोल्दैछन् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले निर्वाचन प्रणाली, धर्म निरपेक्ष र समानुपातिक प्रतिनिधित्वको विषयमा प्रश्न उठाउने नेताहरुलाई राजेन्द्र लिङ्देनका भाइको संज्ञा दिएका छन् ।

केन्द्रीय कार्य समिति बैठकमा आइतवार आफ्नो धारणा राख्ने क्रममा मन्सुरले कांग्रेसभित्र समावेशी र समानुपातिक व्यवस्थाका विरोधीहरु हाबी हुन थालेको भन्दै उनीहरुका कारण मधेसमा कांग्रेस कमजोर बन्ने बताए ।

मन्सुरले भने- लिङ्देनले चारवटा प्रस्ताव राखेका छन् । कांग्रेसमा पनि लिङ्देनका भाइहरु मैले यहाँ देखिरहेको छु । एउटा गणतन्त्रबाहेक सबै उपलब्धी उल्ट्याउने कुरा गर्नेहरु लिङ्देनका भाइहरु हुन् ।

मन्सुरले कांग्रेसले मुस्लिम र दलितलाई प्रत्यक्षमा टिकट नदिएको भन्दै पहिचानको मुद्दामा कांग्रेसले कोशीका पहिचानवादीलाई साथ दिनुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर