नेताहरूलाई गाली गलौज गरेर खुइल्याउने काम नगरौं : कांग्रेस प्रवक्ता महत (भिडिओ) – Nepal Press

नेताहरूलाई गाली गलौज गरेर खुइल्याउने काम नगरौं : कांग्रेस प्रवक्ता महत (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूलाई खुइल्याउने काम नगर्न आग्रह गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले नेतृत्वलाई अनावश्यक गाली गलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गरेका हुन् । सामाजिक सञ्जालबाट नियोजित किसिमले विरोध कसैले पनि गर्न नहुने महतको भनाइ थियो । आपसमा गालीगलौज नगरी एकताबद्ध भएर अगाडि बढेमा कांग्रेसलाई कसैले विस्थापित गर्न नसक्ने उनले बताए । पार्टीभित्र अनुशासनको आवश्यकता रहेको उनको जोड थियो ।

महतले भने, ‘आजको आवश्यकता हाम्रो पार्टीमा विचार छैन । हाम्रो पार्टीको दृष्टिकोण छैन । हाम्रो पार्टीको मिसन छैन । हाम्रो पार्टीको भिजन छैन त्यो होइन । हाम्रो पार्टीको मिशन छ । हामी हाम्रो पार्टीप्रति गर्व गर्छौं । उच्च मनोबलका साथ जनतामा जान्छौँ । हामी त खत्तम भइसक्यौँ । हाम्रो अब भविष्य छैन । फलानोले गर्दाखेरी पार्टी यो ठाउँमा पुग्यो । ऊ ठाउँमा पुग्यो भन्ने मानसिकताबाट प्रस्तुत हुन्छौं भने जतिसुकै, जतिवटा कार्यक्रम गरेपनि हामीले हाम्रो जनाआधार जुन विस्तार गर्ने लक्ष्य राखेका छौँ एक्लै निर्वाचन जित्ने लक्ष्य राखेका छौं । त्यो पूरा हुन सक्दैन । त्यसकारण पहिलो कुरा अनावश्यक किसिमको गालीगलौज, नेतृत्वलाई खुइल्याउने कुरा र सामाजिक सञ्जालबाट नियोजित किसिमबाट विरोध गर्ने कुरा र नभएकोलाई पनि भएको जस्तोगरी प्रस्तुत गर्नेकुरा हामी कहीँ कतैबाट, कसैले पनि गर्नु हुँदैन ।’

एक चित्तले पार्टी संगठनमा लाग्नुपर्ने भन्दै उनले नेपाली कांग्रेसलाई कसैले रिप्लेस गर्न नसक्ने जिकिर गरे । पार्टीभित्र मतभिन्नताहरू भएपनि निर्वाचनका बखत पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुपर्ने महतको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर