चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता च्युन काठमाडौंमा, आजैदेखि उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने – Nepal Press

चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता च्युन काठमाडौंमा, आजैदेखि उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) का शीर्ष नेता युआन च्या च्युन काठमाडौँ आइपुगेका छन् ।

श्रीलंका भ्रमण सकेर आज काठमाडौँ आएका उनी यहाँ तीन दिनसम्म रहने जनाइएको छ ।

उनले आजैदेखि उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् । दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यक्रम रहेको छ । त्यस्तै, द्वारिका होलटबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भिडिओ मिटिङ गर्ने कार्यक्रम रहेको छ । सिंहदरबारकामा रक्षामन्त्री पूर्ण बहादुर खड्का र गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतसँग भेट्ने कार्यक्रम रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर