कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट हेर्न नमिल्नेमा, सुनुवाइ अब अर्को पेशीमा – Nepal Press

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट हेर्न नमिल्नेमा, सुनुवाइ अब अर्को पेशीमा

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी आइतबार तोकिए पनि हेर्न नमिल्ने भएको छ।

नहकुल सुवेदी र कुमार रेग्मीको संयुक्त इजलासमा परेको पेशीको सुनुवाइ हेर्न नमिल्ने भएको हो। अब अर्को पेशीमा सुनुवाइ हुने छ।

यसअघि एकल इजलासले नियुक्त भएका मुख्यमन्त्रीलाई दीर्घकालीन प्रभाव पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिँदै अन्तिम सुनुवाइका लागि साउन ७ गतेलाई पेशी तोक्ने निर्णय गरेको थियो।

निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की प्रदेश प्रमुखले कानुन मिचेर मुख्य मन्त्री नियुक्त गरेको भन्दै बदरको माग राखी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर