कांग्रेस बैठकमा ४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोट नहालेको आँकडा पेश – Nepal Press

कांग्रेस बैठकमा ४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोट नहालेको आँकडा पेश

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री एनपी साउदले नेपाली कांग्रेसका ४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोट नहालेको दाबी गरेका छन् ।

केन्द्रीय कार्य समिति बैठकमा आफ्नो धारणा व्यक्त गर्ने क्रममा नेता साउदले २० प्रतिशत क्रियाशील सदस्यले वडा सदस्यदेखि संघीय सांसदसम्म तीनै तहका कुनै पनि उम्मेदवारलाई मत नदिएको आँकडा पेश गरे ।

बाँकी २० प्रतिशत सदस्यले आंशिक रूपमा केही उम्मेदवारलाई मत दिएर बाँकीलाई रुखमा खाली राखेको वा विपक्षीलाई मत दिएको बताए ।

वडा सदस्यलाई दिनेले अध्यक्षलाई नदिएको,मेयरलाई दिनेले उपमेयरलाई नदिएको जस्तो आधारमा २० प्रतितले आंशिक रूपमा मात्र मत दिएको उनको दाबी छ ।

साउदले सबै कांग्रेसका सदस्यले रुखमा भोट हाल्ने वातावरण बनाउनुपर्ने बताए ।

उनले बालकृष्ण खाँणको बचाउ गर्दै अनुसन्धान चली रहेको बेला निलम्बन गर्नु नपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर