इप्पानमा असन्तुष्ट पक्षलाई समेटेर अगाडि बढ्न सल्लाहकारहरुको सुझाव – Nepal Press

इप्पानमा असन्तुष्ट पक्षलाई समेटेर अगाडि बढ्न सल्लाहकारहरुको सुझाव

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)मा असन्तुष्ट पक्षलाई समेटेर अगाडि बढ्न सल्लाहकारहरुले सुझाव दिएका छन् ।

इप्पानको ७औँ कार्यसमितिले मनोनयन गरेका सल्लाहकारहरूलाई प्रमाणपत्र वितरण तथा छलफल कार्यक्रममा गरेको थियो ।

इप्पान अध्यक्ष गणेश कार्कीले निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यको नेतृत्वमा बनेको सल्लाहकार समितिलाई प्रमाणपत्र दिँदै इप्पानलाई आवश्यक मार्गदर्शन दिनका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा उपस्थित सल्लाहकारहरूले इप्पानको आगामी यात्रा कस्तो हुनुपर्छ भन्ने विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले सल्लाहकार समितिको नियमित बैठक बसेर इप्पानलाई अघि बढाउन आवश्यक सल्लाह सुझाव दिने बताए ।

सल्लाहकार गुरुप्रसाद न्यौपानेले इप्पानको बजेट जुटाएर आफ्नै भवन बनाउनुपर्ने र द्वैमासिक रूपमा आफ्नै जर्नल पनि प्रकाश गर्नुपर्ने बताए ।

प्रतिनिधि सभाका सांसद समेत रहेका इप्पान सल्लाहकार दीपक खड्काले असन्तुष्ट पक्षलाई पनि समेटेर इप्पानलाई एक ढिक्का बनाएर अघि बढ्न सुझाव दिए ।

सल्लाहकार वीरेन्द्र बहादुर न्यौपानेले संस्थालाई व्यावसायिक ढंगले अघि बढाउनुपर्ने सुझाव दिए । उनले कार्बन ट्रेडका लागि वन मन्त्रालय र अन्तर्राष्ट्रिय समुदायसँग कुरा गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा प्रमुख सल्लाहकार आचार्यसहित सांसद दीपक खड्का, पूर्व सांसद डेढराज खड्का, पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईँ, ऊर्जा उद्यमीहरू गुरुप्रसाद न्यौपाने, वीरेन्द्र बहादुर न्यौपाने, कृष्ण आचार्य, केशवबहादुर रायमाझी, पुष्पज्योति ढुङ्गाना, जगत पोखरेल, इन्दिरा पन्त र अनुप आचार्यले सल्लाहकार मनोनयन गरिएको प्रमाणपत्र ग्रहण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर