मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी – Nepal Press

मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने तयारी गरेको छ ।

केन्द्रीय बैंकका एक कार्यकारी निर्देशकले मौद्रिक नीतिका लागि बैठक बसिरहेको जानकारी दिएका छन् । आज आउने सम्भावना अधिक रहेको ती अधिकारीले जानकारी गराए ।

केन्द्रीय बैंकलाई लचिलो नीति लिन अर्थमन्त्री डा. प्रकाश शरण महतले पटक पटक आग्रह गर्दै आएको बताएका छन् । यता केन्द्रीय बैंकले पनि केही लचक नीति लिने संकेत गरेको छ ।

यद्यपि बाह्य क्षेत्रमा परेको सकस बाट पाठ सिक्दै सोही अनुरूप नीति लिएको राष्ट्र बैंक स्रोतले बताएको छ । सेयर, घरजग्गा व्यवसायी देखि बैंकरहरुले समेत लचक नीति लिन सुझाव दिँदै आएका छन् ।

अहिले बैंकहरुमा लगानी योग्य रकम थुप्रिएकाले सो लगानी बजारमा प्रवाह गर्न कर्जा विस्तारको नीति लिन सक्ने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर