पार्टी भित्र आन्तरिक एकता भएन : देउवा – Nepal Press

पार्टी भित्र आन्तरिक एकता भएन : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको आन्तरिक एकता हुन नसकेको बताएका छन् ।

उनले पार्टी भित्र मतभेद हुँदा बहुमत ल्याउन नसकिएको बताए ।

सुनसरीको इनरुवामा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिनुपर्ने बताए । उनले बारम्बार स्थायी शान्तिलाई जोड दिएका उनले लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए ।

उनले आजै सुनसरीको बहालमा बिपी कोइरालाको पूर्ण कदको शालिक अनावरण समेत गरे । ४१ औँ स्मृति दिवसमा बिपीलाई स्मरण गर्दै सभापति देउवाले बिपीको बारेमा जति बोलीपने कम हुने बताए ।

बिपी र गिरिजाप्रसाद कोइराला चुनाव लडेको क्षेत्रमा पुगेका देउवाले लोकतन्त्रलाई भाइब्रेन्ट बनाउन लाग्ने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर