चीनको अर्को उच्चस्तरीय टोली नेपाल आउँदै, सरला भेटघाटको तालिका मिलाउँदै – Nepal Press

चीनको अर्को उच्चस्तरीय टोली नेपाल आउँदै, सरला भेटघाटको तालिका मिलाउँदै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ ।

चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो ।

च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख सरला नेपाल आइसकेकी छिन । चिनियाँ विदेश विभागकी कूटनीतिज्ञले आफ्नो नेपाली नाम सरला राखेकी छन् ।

शनिवार नेपाल आइपुगेकी सरलाले च्याको भ्रमण तालिका र भेटघाटको। तालिका मिलाइरहेकी छिन् । च्याले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ ।

नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्त्व राख्ने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्ने तयारी छ ।

नेपालमा भारत र अमेरिकी नेताहरूको भ्रमण बाक्लिएपछि केही समययता चिनियाँ नेताहरूको नेपाल आउने क्रम पनि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर