भारत महाराष्ट्रको पहिरोमा पुरिएर २२ को मृत्यु, दर्जनौँ पुरिए – Nepal Press

भारत महाराष्ट्रको पहिरोमा पुरिएर २२ को मृत्यु, दर्जनौँ पुरिए

काठमाडौं । भारतीय राज्य महाराष्ट्रमा गएको पहिरोको कारणले २२ जनाको ज्यान गएको छ भने दर्जनौँ परिएका छन् ।

बीबीसीका अनुसार राइगढ जिल्लाको इरसालवाडी गाउँमा बुधवार राति साढे १० बजे गएको पहिरोले यस्तो क्षति गरेको हो । पहिरोले गाउँका ५० मध्ये १७ घर बगाएको छ ।

भारी वर्षाको कारणले पहिरो जाँदा अहिले पनि ११५ जना हराइ रहेका महाराष्ट्र प्रदेश सरकारको तथ्यांक छ ।

यस्तै बिच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले पहिरोमा पुरिएर ज्यान गएकाको परिवारलाई जनही पाँच लाख भारु दिने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर