ललिता निवासमा निर्णयकर्तालाई उन्मुक्ति दिई वैधानिक रूपमा जग्गा किनेकामध्ये पनि मीनबहादुरलाई फसाउन खोजियो : तमु समाज – Nepal Press

ललिता निवासमा निर्णयकर्तालाई उन्मुक्ति दिई वैधानिक रूपमा जग्गा किनेकामध्ये पनि मीनबहादुरलाई फसाउन खोजियो : तमु समाज

काठमाडौं । तमु समाज नेपालले ललिता निवास प्रकरणमा निर्णय गर्नेहरूलाई उन्मुक्ति दिएर वैधानिक रूपमा जग्गा किन्ने मीनबहादुर गुरुङलाई मात्रै फसाउन खोजिएको आरोप लगाएको छ ।

एक विज्ञप्ति जारी गर्दै समाजले वैधानिक रूपमा जग्गा किन्ने मध्ये पनि भाटभटेनीका सञ्चालक गुरुङलाई फसाउन खोजिएको आरोप लगाएको हो ।

विगतका सरकार र सरकारी निकायले नै ललिता निवासको १४३ रोपनी जग्गा किनबेच हुने गरी गर्ने निर्णय गलत भएको समाजले उल्लेख गरेको छ ।

समाजले २०४९देखि २०७० सम्मका प्रधानमन्त्रीहरू सर्वोच्च अदालतका न्यायाधीश, प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त, मन्त्रीहरू र उच्च पदस्थ कर्मचारी यसमा संलग्न रहेको गम्भीर आरोप पनि लगाएको छ ।

यस्तो छ विज्ञप्ति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *