कांग्रेस कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर गठबन्धन तोड्ने षडयन्त्र भइरहेको छ : माधवकुमार नेपाल (भिडिओ) – Nepal Press

कांग्रेस कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर गठबन्धन तोड्ने षडयन्त्र भइरहेको छ : माधवकुमार नेपाल (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गरेका छन् ।

अध्यक्ष नेपालले काँग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे ।

शनिवार काठमाडौंमा आयोजित ‘समाजवाद: बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले एमालेप्रति लक्षित गर्दै कम्युनिष्ट भनिएकाहरूले पनि प्रतिगामीहरूसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने समेत बताए ।

अध्यक्ष नेपालले जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

अध्यक्ष नेपालले व्यक्तिवाद हाबी भएकै कारण तत्कालीन नेकपा समेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताए ।

उनले पूँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले पनि जनताको हितका लागि समाजवादको विकल्प नभएको जिकिर गरे । त्यस अवसरमा अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई अध्ययनशील बन्न पनि सचेत गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर