रमेश खरेलबारे बामदेवको दाबी- मलाई मार्न रिभल्बर बोकेर हिँडेका थिए, पछि खुट्टा समाउन आए (भिडिओ) – Nepal Press

रमेश खरेलबारे बामदेवको दाबी- मलाई मार्न रिभल्बर बोकेर हिँडेका थिए, पछि खुट्टा समाउन आए (भिडिओ)

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले नेपाल प्रहरीका पूर्व डिआइजी तथा हाल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेल आफूलाई मार्न हिँडेको आरोप लगाएका छन् ।

शनिवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा गौतमले रमेश खरेलले इन्सपेक्टर भएका बेला आफूलाई मार्न भनेर रिभल्बर बोकेर हिँडेको दाबी गरे । तीनै व्यक्तिले अहिले बामदेवको पालामा सुन तस्करी भएको थियो भन्ने गलत कुरा गरिरहेको उनले बताए ।

गौतमले भने- मलाई आईजीपी अच्युत खरेल हटाएर ध्रुव प्रधान बनाउन निर्देशन आएको थियो । रमेश खरेलले त्यसबेला गृहमन्त्रीलाई जहाँ भेट्यो त्यहीँ मार्छु भनेर रिभल्बर बोकेर हिँडेको हो । मलाई मार्न हस्तलिखित पर्चा बाँडेका थिए उनले । पछि गल्ती भयो भन्दै खुट्टा समाएर माफी माग्न आएका थिए,तर मैले खुट्टा समाउन दिइन ।

गौतमले आफ्नो र परिवारको सम्पत्ति छानबिन गर्न चुनौती दिँदै आफ्नोबारे चरित्र हत्या गर्नेलाई अदालत जान चुनौती दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर