प्रचण्डलाई मैले साथ नदिएको भए पार्टी फुट्ने थिएन भन्ने ओलीको आरोप छ : बामदेव गौतम (भिडिओ) – Nepal Press

प्रचण्डलाई मैले साथ नदिएको भए पार्टी फुट्ने थिएन भन्ने ओलीको आरोप छ : बामदेव गौतम (भिडिओ)

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व उपाध्यक्ष बामदेव गौतमले केपी ओलीले आफ्नो व्यवस्थापनबारे केही नगरेपछि आफू एमालेमा फर्किन नपाएको बताएका छन् ।

रिपोर्टर्स क्लबमा शनिवार आयोजित साक्षात्कारमा नेकपा एकता राष्ट्रिय एकता अभियान चलाइरहेका नेता गौतमले एमालेले आफूबाहेक अरू कार्यकर्तालाई मात्र समायोजन गर्न खोजेको बताए ।

उनले भने- केपी ओलीले मलाई काम दिने,मेरो व्यवस्थापनबारे केही पनि बोल्नुभएन । बरु मलाई पार्टी फुटाउनुभयो,प्रचण्डलाई तपाईँले साथ नदिएको भए पार्टी फुट्ने थिएन भन्नुभयो । तपाईँहरूले लगाएको आरोप पुष्टि भएको भए आज म जेलमा हुन्थेँ भन्नुभयो । एमाले समाप्त पारेर माओवादी बलियो बनाउन खोज्नुभयो भनेपछि म त्यहाँ रहन सक्ने देखिन ।

ओलीसँग आफ्नो ४३ वर्ष लामो सम्बन्ध रहेको भन्दै गौतमले फेरि पनि ओलीले बोलाएमा आफू जाने बताए । नेकपा एसले भने एकता गर्ने भनेर पछि बेवास्ता गरेको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “प्रचण्डलाई मैले साथ नदिएको भए पार्टी फुट्ने थिएन भन्ने ओलीको आरोप छ : बामदेव गौतम (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर