रवि लामिछानेको प्रष्टीकरण- सेनाको संख्या घटाउनुपर्छ भनेर कहीँकतै बोलेको छैन – Nepal Press

रवि लामिछानेको प्रष्टीकरण- सेनाको संख्या घटाउनुपर्छ भनेर कहीँकतै बोलेको छैन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सेनाको संख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन् ।

विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा पार्टीको सांसद तथा नेताले समेत नबोलेको बताए ।

उनलेभने,‘ विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट छ ।’

अध्यक्ष लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताए। उनले आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मङ्सिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिए ।


प्रतिक्रिया

2 thoughts on “रवि लामिछानेको प्रष्टीकरण- सेनाको संख्या घटाउनुपर्छ भनेर कहीँकतै बोलेको छैन

  1. अब त युबा नेताहरूलाई पनि आफ्ना नेता कार्यकर्ताको स्पष्टीकरण दिदै ठीक हुने भो । यस्तै पारा हो भने मिसन चौरासी त होईन मिसन भौतारी नहोला भन्न के बेर ।

  2. संख्या घटाउने ठेक्का त दिल्लीबाट ठगबन्धनले पाईको छ नि । कुरा निकाल्ने पनि उहीँ हो । यस्ता दलाल ठगबन्धनलाई नाङ्गेझार पार्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर