केन्द्रीय सदस्य आईसीसीमा माल्टाका गिरीको उम्मेदवारी – Nepal Press

केन्द्रीय सदस्य आईसीसीमा माल्टाका गिरीको उम्मेदवारी

काठमाडौं । २०२१-२०२३ मा एनआरएनए माल्टाको निर्वाचनमा सर्वाधिक मत पाएका नवीन गिरी २०२३-२०२५ मा केन्द्रीय सदस्य आईसीसी पदमा उम्मेदवारी दिएका छन् ।

नेपालको झापामा जन्मिएका गिरी सन् २०१७ मा युरोपको माल्टा पुगेका थिए ।

त्यसपछि माल्टाका विभिन्न सामाजिक क्षेत्रमा सक्रिय हुँदै गिरी नेपाल माल्टा कम्युनिटीको अध्यक्षसमेत भइसकेका छन् ।

उनी एनआएनए माल्टाको २०१९ मा संस्थाको उपाध्यक्ष तथा झापाली समाज माल्टाको सल्लाहकार तथा २०२१–२०२३ को निर्वाचन मा सर्वाधिक मत का साथ वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।

गिरीले आफ्नो कार्यकाल कुशलतापुर्वक पूरा गरेको बताए ।

गिरीले आगामी एनआरएनए निर्वाचन २०२३–२०२५ मा आईसीसी पदको उम्मेदवार रहेको जानकारी गराउँदै साथ र समर्थनको लागि आह्वान गरेका छन् ।

मेरो र तेरो होइन हामी सबैको अनि राम्रो देखिने मात्र होइन सबैले हाम्रो भन्न पाउने एनआरएन बन्नु पर्छ भन्ने आफ्नो मुल्य र मान्यता रहेको गिरी बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर