चौतारीका अध्यक्ष बस्नेतविरुद्धको उजुरीप्रति प्रेस युनियन र समाजवादी प्रेस संगठनको विरोध – Nepal Press

चौतारीका अध्यक्ष बस्नेतविरुद्धको उजुरीप्रति प्रेस युनियन र समाजवादी प्रेस संगठनको विरोध

काठमाडौं । प्रेस युनियन र समाजवादी प्रेस संगठनले प्रेस चौतारी नेपालका गणेश बस्नेतविरुद्ध गृहमन्त्रीकै सचिवालयबाट साइबर क्राइममा गरिएको उजुरी दर्ताको घटनाको भत्सर्ना गरेका छन् ।

बिहीवार प्रेस चौतारीले घटनाप्रति विरोध जनाउदै विज्ञप्ति जारी गरेको थियो भने शुक्रबार नेपाल प्रेस युनियन र समाजवादी प्रेस संगठन नेपालले साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

युनियनका महासचिव दिलीप पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर गृह प्रशासनको नेतृत्व गरेको व्यक्तिबाट अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गर्नु निन्दनीय भएको उल्लेख गरेका छन् ।

महासचिव पौडेलले विज्ञप्तिमा भनेका छन्, ‘गृह प्रशासनको नेतृत्व गरेका व्यक्तिबाट अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गर्नु निन्दनीय कार्य हो ।’

त्यस्तै, समाजवादी प्रेस संगठन नेपालका महासचिव रामकुमार एलनले गारी गरेको विज्ञप्तिमा घटना प्रति ध्यानाकर्षण भएको भन्दै सामाजिक संजालमा लेखिएको विषय समाचार नभएको उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर