गोली लागेपछि रोहितलाई सँगै रहेकी सुमनाले अस्पताल पुर्‍याएकी थिइन् – Nepal Press
सेउती गोली काण्ड

गोली लागेपछि रोहितलाई सँगै रहेकी सुमनाले अस्पताल पुर्‍याएकी थिइन्

विराटनगर । इटहरी धरान सडक खण्डको सेउती पुलमा गोली हानेर हत्या गरिएका विराटनगरका रोहित चौधरी धनकुटा घुमेर फर्किएको खुलेको छ ।

उनी विराटनगरकै सुमना खत्रीसँग धनकुटा घुमेर मोटरसाइकलमा घर फर्कँदै थिए ।

धनकुटा घुमेर फर्किदा उनीहरू धरान इटहरी सडक खण्डको सेउती पुल कटेर रोकिएका थिए । सडक किनारामा मोटरसाइकल रोकेर बसेका बेला पैदल हिँड्दै आइरहेका ३ जना युवाले उनीहरूलाई लुटपाटको प्रयास गरेका थिए ।

घटना हुँदा सँगै रहेकी सुमनाले विवादपछि त्यो समूहमध्येका एक जनाले नजिकैबाट गोली प्रहार गरेको प्रहरीलाई बताएकी छन् ।

गोली प्रहारबाट रोहित गम्भीर घाइते भएका थिए । सुमनाले नै एम्बुलेन्स रोकेर घाइते रोहितलाई बिपी प्रतिष्ठानमा उपचारको लागि पुर्याएकी थिइन् ।

सुमनाका अनुसार हतियारधारी समूहका २ जनाले खुकुरी बोकेका थिए भने एक जनासँग पेस्तोल थियो । घटनास्थल धरान र इटहरीको सीमा क्षेत्र हो ।

अहिले चार कोशे जंगल क्षेत्रमा इटहरी र धरान प्रहरीले जङ्गलमा सर्च अप्रेसन गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता राजकुमार राईले बताए ।

उनले सीमा नाकामा पनि कडाइका साथ चेकजाँच भइरहेको छ । घटनास्थल चार कोशे जङ्गल भएकोले पनि प्रहरीले जङ्गलमा सर्च अभियान गरिरहेको छ ।

सुमनालाई चोटपटक नलागे पनि मानसिकरुपमा उनी विक्षिप्त बनेकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर