राप्रपाको नयाँ अभ्यास : २० केन्द्रीय सदस्यका लागि ४० वर्ष मुनिका युवाको खुल्ला दरखास्त आह्वान – Nepal Press

राप्रपाको नयाँ अभ्यास : २० केन्द्रीय सदस्यका लागि ४० वर्ष मुनिका युवाको खुल्ला दरखास्त आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलोपटक आफ्नो केन्द्रीय समिति सदस्यका लागि खुल्ला दरखास्त आह्वान गरेको छ । ४० वर्षभन्दा मुनिका युवाहरुले केन्द्रीय सदस्यका लागि आवेदन दिन सक्नेछन् ।

पार्टीले ‘नविन राप्रपा’ को अवधारणा अघि बढाउँदै केन्द्रीय समितिमा ४० वर्षमुनिका थप २० जनालाई मनोनयन गर्ने निर्णय लिएको थियो । त्यसअनुसार विभिन्न ६ वटा शर्तहरु तोकेर दरखास्त आह्वान गरिएको हो । सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन दिन भनिएको छ ।

प्राप्त दरखास्तमध्येबाट भूगोल, जनसंख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्वको विकासको सम्भावनाका आधारमा न्यूनतम ५० प्रतिशत अर्थात् कम्तिमा १० जना महिलासहित २० जनालाई केन्द्रीय समितिमा मनोनित गरिने सूचनामा उल्लेख छ ।

राप्रपाले तोकेका ६ वटा योग्यता यसप्रकार छन्ः

१.उदीयमान प्राज्ञिक युवा तथा महिला

२. राजनीतिक फाँटमा सक्रिय रहेका र भावि नेतृत्व विकासको सम्भावना बोकेको

३. राप्रपाको सिद्धान्त, नीति र उद्देश्यप्रति प्रतिवद्ध

४ सूचना प्रविधि र सामाजिक सञ्जालको जानकारी भएको

५. नेपालको बहुभाषाको ज्ञान भएको

६. प्रत्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार बन्ने प्रतिवद्धता जनाएको

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर