धनुषामा हत्या आरोपी २१ वर्षपछि पक्राउ – Nepal Press

धनुषामा हत्या आरोपी २१ वर्षपछि पक्राउ

जनकपुरधाम । कुटपिट गरी एक युवकको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई धनुषा प्रहरीले २१ वर्षपछि शुक्रवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ५१ वर्षीय विष्णुदेव सदा मुसहर छन् । उनलाई क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

०५९ साउन २ गते तत्कालिन सखुवा गाविस ६ (हाल क्षिरेश्वरनाथ नगरपालिका ५)का ३५ वर्षीय जगदिश सदा मृत फेला परेका थिए । उनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा विष्णुदेव र सोही गाउँका मोहित सदा मुसहरमाथि किटानी जाहेरी परेको थियो ।

उक्त घटनाको अनुसन्धानको सिलसिलामा विष्णुदेवलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *