श्रीलंकालाई हराउँदै पाकिस्तान इमर्जिङ कपको फाइनलमा, बंगलादेशविरुद्ध भारत संकटमा – Nepal Press

श्रीलंकालाई हराउँदै पाकिस्तान इमर्जिङ कपको फाइनलमा, बंगलादेशविरुद्ध भारत संकटमा

कोलम्बो । घरेलु टोली श्रीलंका ‘ए’लाई ६० रनले हराउँदै पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । ३२३ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५.४ ओभरमा २६२ रनमा समेटियो ।

श्रीलंकाका दुई जना ब्याट्सम्यान शतक नजिक पुगे पनि टोलीको हार टार्न असफल भए । श्रीलंकाका लागि अविस्का फर्नान्डो र सहन अराचचिजले समान ९७ रन बनाएका थिए ।

पाकिस्तानका अर्सद इकबालले ५ तथा मुबासिर र सुफियान मुकिमले २-२ विकेट लिए ।

यता अर्को सेमिफाइनलमा बंगलादेश ‘ए’सँग भिडिरहेको भारत ‘ए’ २१२ रनमा समेटिएको छ । बंगलादेश ‘ए’ जवाफी व्याटिङमा ओर्लन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर