चट्याङ लागेर रोल्पामा वडा सदस्यको मृत्यु – Nepal Press

चट्याङ लागेर रोल्पामा वडा सदस्यको मृत्यु

रुपन्देही । चट्याङमा परी बिहीबार राति रोल्पाको सुनछहारी गाउँपालिका वडा नं ३ का सदस्य दिलबहादुर घर्तीमगरको मृत्यु भएको छ ।

गाउँपालिका उपाध्यक्ष ननकला घर्तीका अनुसार दिलबहादुर आफ्नो भाइको घरमा सुतेको समयमा चट्याङ लागेको थियो ।

चट्याङले घरमा पूर्ण क्षति पुर्‍याएको, अन्य घरका सदस्य घाइते भए पनि अवस्था सामान्य रहेको उपाध्यक्ष घर्तीले बताइन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले चट्याङमा परी थप २ जना घाइते भएको बताए । चट्याङमा परी सुनछहरी गाउँपालिका वडा नं २ का महिला र बालक घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर