सुन प्रकरण : संसदीय समितिमा कांग्रेस सांसदले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा (भिडिओ) – Nepal Press

सुन प्रकरण : संसदीय समितिमा कांग्रेस सांसदले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एयरपोर्टबाट सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभा अन्तर्गतको कानून, न्याय र मानवअधिकार समिति बैठकमा शर्माले अर्थमन्त्रालय मातहतको भन्सार र गृहमन्त्रालय अन्तर्गतको प्रहरी विमानस्थलमा रहेको अवस्थामा सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

यसमा पक्ष र विपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै अनुसन्धानलाई सहयोग गर्न दुई मन्त्रीहरूले बाटो खुल्ला गर्नुपर्ने शर्माको भनाइ थियो । प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिँदै शर्माले प्रधानमन्त्रीको कदमलाई सहयोग गर्नुपर्ने बताए ।

बैठकमा कांग्रेसकै अर्का सांसद रामहरि खतिवडाले सुन प्रकरणमा भरिया, मजदुर र कर्मचारीलाई मात्रै समातेर आँखामा छारो हाल्ने काम गर्न नहुने बताए । नेपाललाई तस्करीको भूमि बनाउने कामलाई सरकारले छानबिन गर्नुपर्ने खतिवडाको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “सुन प्रकरण : संसदीय समितिमा कांग्रेस सांसदले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर