कोरियामा काम गरेर आएकाहरुलाई पुनः खुल्यो ईपीएस भाषा परीक्षाको आवेदन – Nepal Press

कोरियामा काम गरेर आएकाहरुलाई पुनः खुल्यो ईपीएस भाषा परीक्षाको आवेदन

काठमाडौं । कोरियामा काम गरेर फर्किएकालाई पुनः कोरिया जानको लागि ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ ।

५ वर्ष कोरियामा काम गरेर नेपाल आएका नेपालीले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने छन् । परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ । भने, नतिजा प्रकाशन असोज ३ गते हुने शाखाको सूचनामा उल्लेख छ ।

शाखाले सूचना, ‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको हो,’ उल्लेख गरेको छ ।

सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारहरूले आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर