६ सचिवको सरुवा, बढुवा भएका दुई सचिवको पदस्थापन – Nepal Press

६ सचिवको सरुवा, बढुवा भएका दुई सचिवको पदस्थापन

काठमाडौं । सरकारले पाँच जना सचिवको सरुवा र भर्खरै बढुवा भएका दुई सचिवको पदस्थापन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सचिवको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट सचिवमा बढुवा भएका घनश्याम उपाध्याय बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका छन् । बागमतीका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहसचिवबाट सचिवमा बढुवा भएकी लक्ष्मी बस्नेतको गण्डकीको प्रमुख सचिवमा पदस्थापन भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम निर्वाचन आयोगमा सरुवा भएका छन् । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन् ।

भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् । कार्यालयका सचिव मधुसुधन बुर्लाकोटी भने उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन् । उपराष्ट्रपति कार्यालयका सचिव तोयम राय राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *