जेलबाट निस्केपछि मल्लिकासँग पलले खेले पहिलो भिडियो, हेर्नुस् सुटिङका झलक – Nepal Press

जेलबाट निस्केपछि मल्लिकासँग पलले खेले पहिलो भिडियो, हेर्नुस् सुटिङका झलक

काठमाडौं । म्युजिक भिडिओमा सबैभन्दा हिट जोडीको नाम लिनुपर्दा सबैभन्दा अगाडि आउँछन् पल शाह र मल्लिका महत । ‘फुलबुट्टे सारी’, ‘टाढा भए पनि’ आँखामा आउने सपनी’, ‘तिम्रो मनमा एक कान्छा’ जस्ता थुप्रै गीतमा यो जोडीलाई दर्शकले रुचाएका छन् ।

पल शाह जेलबाट छुटेपछि उनले मल्लिकासँग नै पहिलो भिडिओ खेल्ने अनुमान गरिएको थियो । तर, पलले नयाँ मोडल सनिसा भट्टराईसँग खेले । यसबीचमा मल्लिकाले पलसँग भिडिओ खेल्न नमानेको खबरहरु पनि सुनिए ।

तर, अब पल र मल्लिकालाई सँगै हेर्न चाहने दर्शकहरुको चाहना पूरा हुने भएको छ । गायिका अनिता चलाउने र गायक खेम सेञ्चुरीले गाएको गीतमा उनीहरुले स्क्रिन शेयर गरेका छन् । गीतको सुटिङ दुई दिन लगाएर मनोहरा किनारमा भएको छ ।

‘उमेर यस्तै हो कि जोवन त्यस्तै’ बोलको गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् । गीत लोकपप शैलीमा गाइएको छ । भिडिओको निर्देशन विक्रम चौहानले गरेका हुन् । यो गीत केही दिनमा अनिता चलाउनेको युट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर