जनमतले पार्टी कार्यालय र अन्य संरचनामा दाताको नाम राख्ने – Nepal Press

जनमतले पार्टी कार्यालय र अन्य संरचनामा दाताको नाम राख्ने

जनकपुरधाम । जनमत पार्टीले स्थायी कार्यालय भवनको लागि अक्षयकोषमा सहयोगको अपिल गरेको छ ।

सो पार्टीले कार्यालय भवन र अन्य संरचनामा दाताको नाम राख्ने भन्दै आर्थिक सहयोगको अपिल गरेको हो ।

जनमतका राष्ट्रिय प्रवक्ता डा. शरदसिंह यादवले विज्ञप्ति जारी गरेर आर्थिक सहयोगअनुसार दाताको उचित कदर गरिने जनाएका छन् ।

विज्ञप्तिअनुसार सो पार्टीले पूरै भवन संरचना नै दान भएमा सो भवन दाताकै नामबाट हुनेछ । ३ करोडमाथि दान दिनेको नामबाट सभा र बैठक कक्ष हुनेछन् ।

यस्तै १ करोडमाथि दान दिने दाताको नाममा कक्षहरू रहने र १० लाखमाथि दान दिने दाताको नाम अंकित शिला/स्लेट देखिने गरी राखिनेछ । १ लाखमाथि दान दिने दाताको नाम साइनबोर्डको सूचीमा राखिनेछ ‌।

जनमतको केन्द्रीय सचिवालयको बैठकले पार्टीको स्थायी भवन संरचनाको लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको थियो । सोबमोजिम पार्टीको बैंक खातामा सहयोग राशी जम्मा गर्न पार्टीभित्र वा बाहिरका सम्पूर्ण दाताहरूसँग अनुरोध गरेको छ ।

अक्षयकोषको पैसा ‘मल्टिपल हल’ र पार्किङ सुविधासहितको पार्टी कार्यालयको स्थायी भवन संरचना प्रयोजनको लागि मात्रै प्रयोग गरिने सो पार्टीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर