कांग्रेस बैठकमा रिपोर्टिङ- चितवनमा सिडिओदेखि क्यान्सर अस्पतालसम्म सबै कार्यालय माओवादी कब्जामा छन् (भिडिओ) – Nepal Press

कांग्रेस बैठकमा रिपोर्टिङ- चितवनमा सिडिओदेखि क्यान्सर अस्पतालसम्म सबै कार्यालय माओवादी कब्जामा छन् (भिडिओ)

कांग्रेस नेताको हैसियत वाइसीएलजति पनि छैन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले चितवनमा सिडिओदेखि क्यान्सर अस्पतालसम्म सबै कार्यालय माओवादी केन्द्रको कब्जामा रहेको बिफ्रिङ गरेका छन् ।

पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै चितवनमा भएका सबै कार्यालय प्रमुखहरु माओवादी समर्थक भएको बताए ।

उनले भने, ‘तीन तहको निर्वाचन भयो हामीले बेलैमा समिक्षा गर्नुपर्ने थियो । उपनिर्वाचनमा उम्मेदवार भएर प्रतिनिधि भएर पठाएपनि जिल्लालाई थाहा भएन । निर्वाचनमा हामीले अन्यत्तै कम मत ल्याएर हार्नुपर्यो। हामीसँग कुनै सल्लाह नगरी भएको केन्द्रको निर्णयमा हामी पछि लागेपनि सफल हुन सकेनौं ।’

उनले मेयर, सिडिओ, एसपी, भूमि आयोगको अध्यक्ष क्यान्सर अस्पतालको अध्यक्ष, सरकारी अस्पतालको अध्यक्षलगायत सबै माओवादी भएको बताए ।

उनले भने, ‘चितवनमा सबै अरुलाई बुझाइसकेपछि हामीले केही गर्न सक्नेअवस्था छैन। अब कांग्रेसले गर्ने के ? हाम्रो कुरा सुनुवाइ हुँदैन । कुनै कार्यालयमा वाइसीयलको साधारण सदस्यले भन्यो भने काम हुन्छ हाम्रो भनाइ सुनुवाइ हुँदैन । गठबन्धन भनेर बसेका छौं तर, हाम्रो काम जिल्लामा केही हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर