कांग्रेस बैठकमा शिवाकोटीको प्रस्ताव- खाणप्रति अन्याय भएको हो भने कांग्रेसले सरकार छाडोस् (भिडिओ) – Nepal Press

कांग्रेस बैठकमा शिवाकोटीको प्रस्ताव- खाणप्रति अन्याय भएको हो भने कांग्रेसले सरकार छाडोस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाँणबारे पार्टी बैठकले ठोस निर्णय लिन माग गरेका छन्।

पार्टीको जारी बैठकमा आफ्नो धारणा राख्दै पार्टीको धारणा के हो ? प्रष्ट पार्न माग गरे। उनले सरकार र खाण के रोज्ने पार्टी बैठकले स्पष्ट पार्नुपर्ने बताए।

त्यसबारे उनको भनाइ जस्ताको त्यस्तैः

सुशासनको हिमायती कांग्रेस। कार्यकर्ताहरू कुनै पनि भ्रष्टाचारको विषयलाई पृष्ठपोषण गर्न सक्दैनन्। बरु बाघ खाए खाओस् तर कुनै पनि भ्रष्टाचारलाई काँध थाप्न सक्दैन र हुँदैन पनि। तर, भ्रष्टाचार हो होइन भन्ने जिम्मा लगाउन अदालतलाई छाड्दिनुपर्छ। यस्तै प्रकरणमा व्यक्ति स्वयम् जबाफदेही हुनुपर्छ।

कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा छ। यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अलग अलग आरोपमा पुर्पक्षका लागि थुनामा पठाएको छ।

सभापतिज्यू यो प्रकरणमा हाम्रो दुबिधा अचम्मकै छ। वरिष्ठ केन्द्रीय सदस्य खाणप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्‍यो। होइन भने आफ्नै साथीहरू संलग्न सरकारले थुनामा पठाउँदा आरोपीहरू निलम्बन गर्नुपर्छ कि पर्दैन।

यसमा कि थुनामा गएका दोषी हुनुपर्‍यो कि सरकारमा रहेका हाम्रै मन्त्रीहरू पूर्वाग्रही भएको हुनुपर्‍यो। यो विषयमा पार्टीले प्रष्ट भन्नुपर्‍यो। यो बैठकबाट पनि भ्रमपूर्ण प्रचार हुनुभएन सरकार र साथीमध्ये एक के रोज्ने टुंगो लगाउनुपर्छ। तर, मलाई खाने बाघले तपाई पनि खाला भन्ने डरले जस्तो भन्ने भाष्य स्थापित गर्ने प्रयास नहोस्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर