नेपालले एसिया कपको पहिलो खेल अगष्ट ३० मा पाकिस्तानविरुद्ध खेल्ने – Nepal Press

नेपालले एसिया कपको पहिलो खेल अगष्ट ३० मा पाकिस्तानविरुद्ध खेल्ने

काठमाडौं । नेपालले आसन्न एसिया कप क्रिकेटको पहिलो खेल पाकिस्तानविरुद्ध अगष्ट ३० तारिखमा खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल-एसीसीले तयार गरेको खेल तालिकाअनुसार बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त सेप्टेम्बर २ तारिखमा हुनेछ ।

पहिलो चरणमा भारत, पाकिस्तान र नेपाल एकै समूहमा रहेका छन् । नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा भारतसँग खेल्ने छ । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल सेप्टेम्बर १७ तारिखमा हुने छ। नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर