काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना, ७ यात्रु घाइते (भिडिओ) – Nepal Press

काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना, ७ यात्रु घाइते (भिडिओ)

काठमाडौं । काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस भक्तपुरको साँगामा दुर्घटना भएको छ ।

साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल बस खसेको बनेपा प्रहरीले जनाएको छ ।

बा. ४ ख ९३९६ नम्बरको बस सडकबाट खस्दा ७ जना घाइते भएको भक्तपुर प्रहरी प्रमुख प्रजित केसीले नेपाल प्रेसलाई बताए । घाइतेको अवस्था सामान्य छ ।

‘सबैको उद्धार भइसकेको छ । चिन्ताजनक अवस्था कसैको छैन’, उनले भने ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको छ । प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर