दोहोरो अंकले बढ्यो नेप्से परिसूचक – Nepal Press

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

बुधबार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ बिन्दुमा कायम भएको छ । विभिन्न कम्पनीका ८६ लाख ७४ हजार १०९ कित्ता शेयरको कारोबार हुँदा ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९०० रुपैयाँको कारोबार भएको छ ।

नेप्से कारोबारमा बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर सकारातमक सकिर्ट लेबलमा कारोबार भएको छ भने, एनआईबीएल समृद्धि फण्ड २, गुडविल फाइनान्स लिमीटेड डेभेन्चर २०८३ कम्पनी सर्वाघिक घटामा रहेका छन् ।

त्यस्तै, कारोबारका आधारमा यूनाइटेड अजोड इन्सयोरेन्स लिमीटेड २३ करोड ५७ लाख ४५ हजार ४५७ रुपैयाँको कारोबारका साथ सिर्ष स्थानमा रहेको छ ।

बुधबार बजार पूँजीकराण ३१ खर्ब ८१ अर्ब बढी रुपैयाँको रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर