सांसद विकास कोष खारेजीको रिट दर्ता, भोलिलाई तोकियो पेशी – Nepal Press

सांसद विकास कोष खारेजीको रिट दर्ता, भोलिलाई तोकियो पेशी

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत ब्यूँत्याएको सांसद विकास कोषविरुद्ध दायर रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

बजेटको बुदाँ नम्बर ४२५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय पूर्वाधार विकास कार्यक्रमविरुद्ध बुधबार रिट दर्ता भएको हो । रिटमा उक्त प्रावधान शक्ति पृथकीकरणको सिद्धान्त, संघीयताविपरीत, स्थानीय सरकार सञ्चालन ऐन, अन्तरसरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानविपरीत भएको जिकिरसहित हाल कार्यान्वयन नगर्न उत्प्रेषण मागिएको छ ।

अधिवक्ता सागर बराल, सौगातराज बराल, सम्पूर्ण बस्नेत र कानूनका विद्यार्थी अविनेश अधिकारीले दायर गरेको रिटको पेशी भोलिलाई तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर