प्रधानमन्त्री प्रचण्डले गरे बुढी गण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन – Nepal Press

प्रधानमन्त्री प्रचण्डले गरे बुढी गण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढी गण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले बुढी गण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गरेका हुन् ।

बुढी गण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरिएको हो ।

कुल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना निर्माणका लागि सरकारले बुढी गण्डकी जलविद्युत् कम्पनी स्थापना गरेको छ । सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर