कुशल भुर्तेलको ‘सरप्राइज’ बलिङ : एक्लैले लिए यूएईका ६ विकेट – Nepal Press

कुशल भुर्तेलको ‘सरप्राइज’ बलिङ : एक्लैले लिए यूएईका ६ विकेट

काठमाडौं । एसीसी इमर्जिङ नेसन्स कप अन्तरगत यूएई ए विरुद्धको खेलमा नेपालका पार्ट टाइम बलर कुशल भुर्तेलले एक्लै ६ विकेट लिएका छन् । उनको धारिलो बलिङमा यूएईको ब्याटिङ धराशायी बनेको छ ।

यूएईविरुद्ध स्पिनरहरु प्रभावी देखिएपछि पौडेलले भुर्तेललाई २२ औँ ओभरमा बलिङमा उतारेका थिए । पहिलो ओभरमा उनले एक छक्का दिए । दोस्रो ओभरको अन्तिम बलमा विकेट प्राप्त गरे । १८ रन बनाएर खेलिरहेका इथान डिसुजालाई उनले एलबीडब्लु धरापमा पारेका थिए ।

त्यसपछिका तीन ओभरमा उनले लगातार विकेट लिन सफल भए । पाँचौं विकेटका रूपमा उनले यसवन्त भाल्थापालाई विकेटकिपर अर्जुन साउदको हातबाट क्याचआउट गराए ।

उनी यतिमा रोकिएनन् । व्यक्तिगत आठौँ ओभरमा कुशलले आफ्नो खातामा अर्को विकेट थपे । युएईका मोहम्मद फराहजुद्दिनलाई सन्दीप जोराको हातबाट क्याचआउट गराएका छन् ।

पार्टटाइम बलर भुर्तेलको प्रदर्शन नेपालका लागि ‘सरप्राइज’ हो । नेपालका नियमित ओपनरका रूपमा रहेका उनलाई यदाकदा मात्रै बलिङमा उतार्ने गरेका थिए कप्तानले । तर, उनले आज सबैलाई चकित पार्दै उत्कृष्ट बलिङ गरेका छन् ।

कुशलको स्पिनले यूएईको ब्याटिङ धराशायी बनेको छ । यो समाचार बनाउँदासम्म यूएई ३७ ओभरमा ८ विकेट गुमाएर १३९ रनको स्थितिमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर