इजरायलको क्लबबाट फुटबल खेल्न हिँडिन् सावित्रा, यसरी गरियो बिदाई – Nepal Press

इजरायलको क्लबबाट फुटबल खेल्न हिँडिन् सावित्रा, यसरी गरियो बिदाई

काठमाडौं । इजरायलमा व्यावसायिक फुटबल खेल्न जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टीमकी खेलाडी सावित्रा भण्डारीलाई बिदाई गरिएको छ ।

बुधबार खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले भण्डारीलाई बिदाई गरेका हुन् ।

सावित्रा इजरायलको क्लब हापोएल रानाबाट लिग खेल्नेछिन् । बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री लिम्बूले इजरायली क्लबमा अनुबन्धित भएर युरोपबाट प्रतिस्पर्धा गर्नु नेपालका लागि पनि खुसीको कुरा भएको बताए । उनले खेल क्षेत्रको माध्यमबाट नेपाल-इजरायलको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै सावित्रा भण्डारीले इजरायलमा व्यावसायिक फुटबल खेल्न लाग्दा सरकारका तर्फबाट गरिएको सम्मानप्रति आभार जनाइन् । उहाले युरोपीयन लिग खेल्नु चूनौती भएपनि आफू सामना गर्न तयार रहेको बताएकी छन् । सावित्राले नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने पनि बताइन् ।

नेपाली महिला राष्ट्रिय फुटबल टीमकी ट्राइकर सावित्राले यसअघि भारतीय क्लबबाट पनि व्यावसायिक लिग खेलिसक्नुभएको छ ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर