कांग्रेस बैठकमा प्रदेश सभापतिको आक्रोश- हामीलाई बाइपास गर्ने भए प्रदेश संरचना खारेज गरे हुन्छ – Nepal Press

कांग्रेस बैठकमा प्रदेश सभापतिको आक्रोश- हामीलाई बाइपास गर्ने भए प्रदेश संरचना खारेज गरे हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले आफूहरूलाई बाइपास गरेकोप्रति आपत्ति जनाएका छन्।

पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा प्रदेश सभापतिहरूले आफूहरूलाई बाइसाप गरेर अघि बढ्नभए प्रदेश संरचना खारेज गर्न चेतावनी दिए।

बैठकमा मधेस प्रदेश सभापति कृष्ण यादवले प्रदेश संरचनालाई पार्टीले हेपेको आरोप लगाए।

उनले भने, ‘प्रदेश संरचनालाई हेपिएको छ। केन्द्रबाटै शासन गर्ने हो भने प्रदेश खारेज गरिदिए हुन्छ। जिल्लाको नेतृत्व गरेका थियौँ, फेरि पनि गर्छौँ। प्रदेश कायम हुन्छ भने उसलाई अधिकार दिनुपर्छ। केन्द्रबाटै शासन गर्ने हो ?’

यस्तै, गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश सभापतिलाई आमन्त्रित सदस्य बनाइएकोमा आपत्ति जनाए।

उनले भने, ‘केन्द्रका नेता प्रदेशमा जाँदा हामीलाई जानकारी हुँदैन। केन्द्रबाट जिल्लादेखि पालिकासम्म सिधा सम्पर्क हुँदा प्रदेशमा औचित्य घटिरहेको छ। त्यसैले केन्द्रबाट शासन बन्द गरियोस्।’

महामन्त्रीद्वयले बोलाएको पार्टी सभापति भेलाबारे पनि जिल्ला तहमा परिपत्र हुँदा आफूहरूलाई जानकारी समेत नभएको गुनासो गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर