संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्चको संसदीय बैठकमा सांसद बर्तौलाको सम्बोधन – Nepal Press

संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्चको संसदीय बैठकमा सांसद बर्तौलाको सम्बोधन

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले साउन १० गतेदेखि संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा बसेको उच्चस्तरीय राजनीतिक मञ्चअन्तर्गतको संसदीय बैठकमा सम्बोधन गरेका छन्।

सांसद बर्तौलाले नेपालको तर्फबाट दिगो विकास लक्ष्य नम्बर ६ ९स्वच्छ खानेपानी तथा सरसफाइ०का लागि संसदीय कारबाहीबारे संक्षिप्त धारणा राखेका हुन्।

कार्यक्रममा ८२ भन्दा बढी देशका सांसदहरूको उपस्थिति थियो। नेपालको प्रतिनिधित्व गर्ने सांसद बर्तौला, माओवादीका सांसद माधव सापकोटाले पनि आफ्नो धारणा राखेका थिए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गत साता न्यूयोर्क प्रस्थान गरेको थियो ।

टोलीमा कांग्रेसका तर्फबाट राष्ट्रियसभाको राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति सभापति अध्यक्ष प्रकाश पन्थ, एमाले सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका सांसद सापकोटा, राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीलगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर