युएईविरुद्ध टस हारेर फिल्डिङमा नेपाल – Nepal Press

युएईविरुद्ध टस हारेर फिल्डिङमा नेपाल

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा अहिले नेपालले युएईको सामना गर्दैछ ।

पिसारा ओभल खेल मैदान कोलोम्बोमा सुरु खेलमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ ।

समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरी सकेका छन् । यद्यपि, आज प्रतिस्ठाका लागि दुवै टोली आज एक अर्कासँग आमनेसामने हुनेछन् ।

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पिडासहित मैदानमा उत्रन लागेको हो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर