डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु – Nepal Press

डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु

डोटी । डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

मङ्गलवार दिउसो भिरबाट लडेर दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का करिब ३० वर्षीय नर बहादुर विष्टको मृत्यु भएको हो ।

स्थानीय हिक्मत विष्टका अनुसार उनको घाँस काट्ने क्रममा घर नजिकैको पस्याण भन्ने भिरबाट लडेर घटना स्थलमै ज्यान गएको हो ।

मृतका एक श्रीमती र तीन छोराछोरी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर