यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६०रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा तथा युरो एकको खरिददर १४७ रुपैयाँ ३४ पैसा र बिक्री दर १४८ रुपैयाँ १ पैसा कायम गरिएको छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा तथा युरो एकको खरिद दर १४७ रुपैयाँ १३ पैसा र बिक्री दर १४७ रुपैयाँ ८० पैसामा कारोबार भएको थियो ।

बेलायती पाउन्ड एकको खरिद दर १७१ रुपैयाँ६९ पैसा र बिक्री दर १७२ रुपैयाँ ४८ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२४ रुपैयाँ  र बिक्री दर ८९.६४ रुपैयाँ  तथा क्यानेडियन डलर एकको  खरिददर  ९९ रुपैयाँ  १८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६४ पैसा कायम गरिदिएको छ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ ३९ पैसा र बिक्रीदर  १० रुपैयाँ ४३ पैसामा खरिदबिक्री हुनेछ ।

साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले  साउदी रियाल एकको खरिद दर ३४.९ रुपैयाँ तथा  बिक्री दर ३५.६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ र बिक्री दर २८.९६  रुपैयाँमा कारोबार गर्ने अनुमति दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर