एमालेको सदस्य संख्या घटेको कि घटाइएको ? – Nepal Press
ब्लग

एमालेको सदस्य संख्या घटेको कि घटाइएको ?

नेकपा एमालेको सदस्य संख्यासँगै एमालेको क्रेज घटेको भनेर केही एमालेविरोधीहरुले हल्ला चलाएका छन् । कतिपय मिडियाले उक्त हल्लालाई महत्वका साथ स्थान पनि दिएका छन् ।

यसले कि उनीहरुले एमाले बुझेकै छैनन् कि त उनीहरु एमालेविरुद्व कुप्रचार गरेर जीविका चलाइरहेका छन् भन्ने बुझाउँछ । राजनीतिक पार्टीको आन्तरिक जीवन सधैं एउटै लयमा चल्दैन । त्यसको प्रभाव कमिटी र सदस्यहरुको परिचालनमा पर्छ । तर पनि नेपालका दलहरुमध्ये संस्थागत रुपले व्यवस्थित पार्टी एमाले नै हो । यसको प्रमाण निर्वाचन आयोगको अभिलेखमा हेर्दा पुग्छ ।

मास परिचालनसहितको नियमित अधिवेशन, सहज नेतृत्व हस्तान्तरणको संस्कृति, विधिसम्मत रुपमा जनसंगठनका अधिवेशनहरु, सामूहिक स्वामित्वमा आधारित निर्णय प्रक्रिया, पार्टी कार्यालयहरुको सञ्चालन, अध्यावधिक गरिएका संगठनात्मक र आयव्यय विवरणलगायतलाई हेर्दा पनि एमालेको आन्तरिक जीवन अन्य दलको भन्दा स्वस्थ र तन्दुरुस्त देखिन्छ ।

७० को दशक एमालेका निम्ति निकै उतारचढावपूर्ण रह्यो । माओवादी केन्द्रसँगको गठबन्धन, एकीकरण र विभाजनका तीता-मीठा क्षणमात्र होइन, आफ्नै पार्टीबाट प्रधानमन्त्री भइसकेका र पार्टीको शीर्ष नेतृत्वमा पुगेका माधव नेपाल, झलनाथ खनालले समेत पार्टीका केही केन्द्रीय नेतालाई बोकेर पार्टी छाडे । त्यस्तै वामदेव गौतम पनि पार्टीविरुद्ध लाग्दै अलग भए ।

त्यसपछि एमालेलाई सिध्याउन भन्दै एमालेबाट फुटेकाहरुसँगै अरु पाँच दल एक भए । उनीहरुले एमालेलाई हराउन जेसम्म पनि गरे । तर, उनीहरुको केही सीप चलेन ।

मास परिचालनसहितको नियमित अधिवेशन, सहज नेतृत्व हस्तान्तरणको संस्कृति, विधिसम्मत रुपमा जनसंगठनका अधिवेशनहरु, सामूहिक स्वामित्वमा आधारित निर्णय प्रक्रिया, पार्टी कार्यालयहरुको सञ्चालन, अध्यावधिक गरिएका संगठनात्मक र आयव्यय विवरणलगायतलाई हेर्दा पनि एमालेको आन्तरिक जीवन अन्य दलको भन्दा स्वस्थ र तन्दुरुस्त देखिन्छ ।

भ्रष्टाचारसँग जोडिएका भनिएका एकाध नेताहरुको मुद्दालाई लिएर सिंगो पार्टीलाई बदनाम गर्ने प्रयास भयो । एमालेको जनसम्बन्धलाई भत्काउने कुचेष्टा भयो । छिमेकी देशका खुफिया एजेन्सीहरुको समेत साथ लिन आत्मसमर्पणवादी क्रियाकलाप गरी मुलुकलाई सबै हिसाबबाट कमजोर बनाउँदै लैजान नियन्त्रित अराजकताको मतियार बन्ने काम भयो, भइरहेको छ । तिनै षड्यन्त्रका तानाबानाबीच एमालेको सदस्य संख्या घटेकोले एमाले कमजोर भयो भन्ने कुप्रचारको बाढी ल्याउन राज्यकोषको दुरुपयोगसमेत गरिएको छ ।

के एमालेको सदस्य संख्या घटेकै हो ? के यसले एमाले कमजोर भएको प्रमाणित गर्छ ? यस सम्बन्धमा सत्यतथ्य के हो भनेर जिज्ञासा उठ्नु अस्वाभाविक होइन ।

एमालेको सदस्य संख्या घटेको कि घटाएको ?

१) नेकपा बनाउन पार्टी मर्ज भयो । सशस्त्र संघर्ष गर्दा आफ्नोतर्फको लिखित अभिलेख सबै सरकारी दमनमा गायब भएको जिकिर गर्दै माओवादी केन्द्रले प्रायः सबै जिल्लामा एमालेको भन्दा बढी सदस्य देखायो । एमालेका तत्कालीन माधव नेपाल समूहले केही जिल्लामा माओवादीहरुलाई नै साथ दियो । त्यसैको काउण्टर गर्न एमालेले ठूलो संख्या एकाध हप्ताभित्रै थप्न बाध्य भयो । अन्यथा पार्टी पूरै माओवादीको वैधानिक कब्जामा जान्थ्यो । त्यसरी थपिएका अधिकांश सदस्यको योग्यता पुगेको थिएन । मिसन ग्रासरुटको सिकाइमध्ये एउटा हो- पार्टी सदस्यको गुणात्मक पक्ष । जसको सुधार नगरी पार्टी सदस्य र कमिटीको शुद्धीकरण हुँदैन । यही सुझावलाई हाल कार्यान्वयन गरिएको हो । सदस्य संख्या कटौती हुनुको महत्वपूर्ण कारण यही हो ।

२) ७० को दशकभर सदस्यता सूची अध्यावधिक गर्ने काम भएन । जति सदस्य संख्या हो भनेर ( करिब ८ लाख) बाहिर आयो, त्यो अध्यावधिक नगरिएको संख्या थियो । त्यहाँ दिवंगत भएका, विदेशिएका, पार्टी सम्पर्कबाट बाहिरिएका, नाम दोहोरिएकाहरुको संख्या पनि उल्लेख्य थियो । उक्त संख्या अहिले हटाइएको छ । संख्या घट्नुमा यो दोस्रो कारण हो ।

अहिले सबै सदस्यहरुले भेला बोलाइएको ठाउँमा गएर आफैंले नवीकरण गर्नुपर्ने केन्द्रको निर्देशनपछि नवीकरण संख्या घट्नु स्वाभाविक भयो । वर्षातको बेला आवागमनको समस्या र खेतीपातीको चटारोले पनि नवीकरण अभियानमा समस्या देखापरेको हो । आगामी पुस-माघमा पनि नवीकरण गर्न पाइने भएकाले अहिले नै नगरौं भन्ने सदस्यहरुको संख्या धेरै छ ।

३) संसदीय राजनीतिको नकारात्मक प्रभावको असर पार्टी पंक्तिमा नपरोस् भनेर सदस्यता नवीकरण भौतिक उपस्थितिमा मात्रै गर्ने भनेर परिपत्र भयो । हिजो एकाध व्यक्तिले वडा तहमा आफैंले नवीकरण गराउने र सम्बन्धित सदस्यले कुनै दायित्व व्यहोर्न नपर्ने पनि भयो ।

जसको नवीकरण हुँदैन, अन्तिम दिन पार्टीले पैसा खोजेर नवीकरण गराइदिने प्रचलन पनि थियो । दशौं महाधिवेशनसम्म यही क्रम धेरै जिल्लामा चल्यो । यसबाट पार्टी सदस्यहरुमा पार्टी भावना, सक्रियता र वैचारिक क्षमता भुत्ते हुँदै गएको मिसन ग्रासरुटमा सुझाव आयो ।

अहिले सबै सदस्यहरुले भेला बोलाइएको ठाउँमा गएर आफैंले नवीकरण गर्नुपर्ने केन्द्रको निर्देशनपछि नवीकरण संख्या घट्नु स्वाभाविक भयो । वर्षातको बेला आवागमनको समस्या र खेतीपातीको चटारोले पनि नवीकरण अभियानमा समस्या देखापरेको हो । आगामी पुस-माघमा पनि नवीकरण गर्न पाइने भएकाले अहिले नै नगरौं भन्ने सदस्यहरुको संख्या धेरै छ । एमालेको सदस्य संख्या शिक्षक फाँटमा धेरै भएको र शिक्षक कर्मचारीहरुलाई के गर्ने भन्ने दुविधाले पनि संख्या केही घटेको छ ।

मूल कुरा भनेको पार्टी पक्तिलाई चुस्त, कामकाजी, जुझारु र गुणात्मक बनाउनु हो । मिसन २०८४ लाई सफल बनाउन भद्दा र गुणात्मक क्षमताको अभाव भएको कमिटीमा सुधार गरिएको हो ।

यसबीचमा पचासौं हजार नयाँ सोच र ऊर्जाले भरिएका युवाहरुको पार्टीमा प्रवेश भएको छ । पार्टीलाई वर्तमान समयको चाहनाबमोजिम रुपान्तरण गर्ने अभियानअन्तर्गत दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई अन्त्य गर्ने दशौं महाधिवेशनको फैसलालाई आत्मसात गर्ने अठोटसहित पार्टी अघि बढिरहेको छ ।

यसमा प्रतिक्रियावादी र जान-अञ्जानमा तिनीहरुको मतियार बनेका आत्मसमर्पणवादीलाई एमालेको अभियान ‘तातो झिर’ भएको छ । त्यसैले उनीहरु अनेक कुतर्क गर्दै एमालेलाई प्रहार गर्न उद्यत छन् । तर, त्यसले एमालेलाई झन् बढी ऊर्जा मिलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *