आन्दोलनमा ढुंगा हानेका गगन थापालाई प्रश्न- अब पनि विद्यार्थी संगठन यसरी नै चल्छ र ? – Nepal Press

आन्दोलनमा ढुंगा हानेका गगन थापालाई प्रश्न- अब पनि विद्यार्थी संगठन यसरी नै चल्छ र ?

अन्यायले चरमोत्कर्ष पार गरेको बखत त्यसलाई रोक्न एउटा मोर्चा आवश्यक पर्छ । मोर्चाको आवश्यकता कहिल्यै समाप्त हुँदैन । विभिन्न ऐतिहासिक परिवर्तनको संघारमा मोर्चाले अहम् भूमिका निर्वाह गरेको छ । त्यस्तै मोर्चाकै रुपमा जन्मिएको संगठन हो विद्यार्थी संगठन ।

अहिले विद्यार्थी संगठनको औचित्यमाथि अनेक प्रश्नहरु उठिरहेका छन् । तर, यसको योगदानलाई कसैले नकार्न सक्दैन । मज्जाले भन्न सकिन्छ, विद्यार्थी राजनीतिकै देन हो, अहिले हामीले बाँचिरहेको व्यवस्था ।

नेपालमा सबैभन्दा पहिला वि.सं. १९९१ मा महावीर स्कूलको स्थापनासँगै चिनियाँमान सिंहले विद्यार्थी अधिकारको आवाज उठाएका थिए । वि.सं. १९९२ मा शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलगायत विद्यार्थीले ‘नेपाली नागरिक अधिकार समिति’ नामक संस्था स्थापना गरेर विद्यार्थीमाझ राणाशासनको विरुद्ध पहिलो संगठित आवाज मुखरित गरेका थिए ।

वि.सं. १९९५ मंसिरमा गंगालाल श्रेष्ठले त्रिचन्द्र कलेजका विद्यार्थीमाझ राणाविरोधी भाषण गरेपछि उनलाई वि.सं. १९९७ मा मृत्युदण्ड दिइएको थियो । गंगालालको त्यो क्रान्तिकारी भाषण र उनलाई राणाहरुले दिएको मृत्युदण्डपछि चर्किएको आन्दोलनको जगमै प्रजातन्त्र स्थापना भएको सर्वविदितै छ ।

तर, प्रजातन्त्रको स्थापनासँगै सेलाएको विद्यार्थी आन्दोलन प्रजातन्त्रको बचाउमा पुनः पुनर्जीवित भयो । राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातन्त्रको मुन्टो निमोठ्दा त्यसविरुद्ध उठेको विद्यार्थी आवाजले आफ्नो शक्तिलाई फेरि प्रमाणित गरेको थियो ।

राजाले प्रजातान्त्रिक सरकारको हत्या गरी शासन सत्ता आफ्नो हातमा लिएकै क्षण विद्यार्थी मोर्चा बन्न पुगेको थियो । जतिवेला राजाले तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई नजरबन्द गर्नुका साथै प्रजातन्त्रको पक्षमा बोल्न अंकुश लगाएका थिए ।

अहिले दलीय राजनीतिमा वितृष्णा हुँदा विद्यार्थी राजनीतिमा प्रश्न उठ्नु अस्वाभाविक भने होइन । व्यवस्था परिर्वतनसमक्ष नै अवस्था परिर्वतनको प्रश्न उठिरहेको छ । यो आन्दोलनको दुर्भाग्य हो । अहिले हामी यहि दुर्भाग्यको अवस्थामा आएका छौं ।

यसैको विरुद्ध निकालिएको आवाज हो, विद्यार्थी संगठन । तर, अहिले विद्यार्थी संगठनको औचित्यमाथि प्रश्नहरु खडा भइरहँदा हामीले इतिहासलाई बिर्सन पक्कै मिल्दैन । इतिहासका संगीन घडीहरुमा विद्यार्थी संगठनले आफ्नो शक्तिलाई प्रमाणित गरेको छ । त्यस हिसाबले भविष्यमा जुनसुकै समयमा पनि विद्यार्थी आन्दोलनले आफ्नो तागत प्रदर्शन गर्नुपर्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।

पञ्चायतकालमा दलहरु प्रतिबन्धित हुँदा दलहहरुको आवाजलाई बुलन्द पार्दै अगाडि बढेको मोर्चा हो विद्यार्थी संगठन । त्यसैले दलहरु बराबर नै जिम्मेवारी र गर्विलो इतिहास भएको मोर्चा हो, विद्यार्थी संगठन । यसैले त हामीले यसलाई मिनी पार्लियामेन्टको संज्ञा दिने गरेका छौं । अहिले दलीय राजनीतिमा वितृष्णा हुँदा विद्यार्थी राजनीतिमा प्रश्न उठ्नु अस्वाभाविक भने होइन । व्यवस्था परिर्वतनसमक्ष नै अवस्था परिर्वतनको प्रश्न उठिरहेको छ । यो आन्दोलनको दुर्भाग्य हो । अहिले हामी यहि दुर्भाग्यको अवस्थामा आएका छौं । विद्यार्थी राजनीतिकै संवाहकसँग हामी विद्यार्थी राजनीतिको अस्मिता खोज्दैछौं । हामी यो अवस्थामा आइपुग्नुको पछाडि पार्टी पंक्तिमात्र होइन, अहिलेको विद्यार्थी राजनीतिककर्मीको हर्कतका कारण पनि हो ।

यिनै कारणहरुले गर्दा विद्यार्थी राजनीति आज धर्म संकटमा परेको छ । अहिले विद्यार्थी राजनीतिले आफ्नो धर्म गुमाउँदै गएको छ । यस्तो परिस्थितिले नवपुस्तामा भरपुर वितृष्णा फैलाउन थालिसकेको छ । आफ्नो मूल पार्टीको संरक्षण गर्नु भ्रातृ संगठनको कर्तव्य होला । तर, पार्टी पंक्तिको गल्तीलाई नजरअन्दाज गर्नु विद्यार्थी संगठनको कर्तव्य होइन । विद्यार्थी संगठनले आफ्नो कर्तव्य पहिल्याउन नसक्दा अहिले विद्यार्थी संगठनको गर्विलो इतिहासमाथि नै चौतर्फी प्रहार भइरहेको छ । यसले संगठनकै भविष्यमाथि भद्दा प्रश्नचिह्न खडा गरेको छ ।

विद्यार्थी संगठनहरु अहिले परिर्वतनका लागि भोको अवस्थामा छन् । त्यो परिवर्तन के हो ? अहिलेको समय र समाजले चाहिरहेको परिवर्तनको पहिचान गर्न नसक्नु तमाम विद्यार्थी संगठनको कमजोरी हो । तर, परिवर्तन त अपरिहार्य छ । विगतका नजिरहरुले यस्तै भन्छन् । विद्यार्थी संगठनहरु माउ पार्टीको छायाँबाट बच्न सकेका छैनन् । विद्यार्थी संगठनको नेतृत्व चयन विवादरहित हुनु भनेको कल्पनामात्रै भएको छ अहिले । यसको कारण एकै हो, विद्यार्थीले नै विद्यार्थी नेता नपाउनू । सही नेतृत्वले संगठन नहाँक्दै गर्दा सिंगो संगठन नै धराशायी अवस्थामा छ ।

आफ्नो मूल पार्टीको संरक्षण गर्नु भ्रातृ संगठनको कर्तव्य होला । तर, पार्टी पंक्तिको गल्तीलाई नजरअन्दाज गर्नु विद्यार्थी संगठनको कर्तव्य होइन । विद्यार्थी संगठनले आफ्नो कर्तव्य पहिल्याउन नसक्दा अहिले विद्यार्थी संगठनको गर्विलो इतिहासमाथि नै चौतर्फी प्रहार भइरहेको छ ।

वि.सं. २०६२/६३ मा शान्तिवाटिकाबाट गगन थापाले गरेका क्रियाकलाप त्यसबखत ठीक थिए होलान् । उनले हानेको ढुंगा परिर्वतनको ज्वाला थियो होला । त्यो विद्यार्थी संगठनको इतिहास हो । तर, त्यो नै विद्यार्थी संगठनको सधैंको कार्यशैली भने पक्कै होइन । त्यसैले त अहिले गगनले भन्ने गरेका छन्, ‘त्यो आन्दोलनरत समयलाई फर्केर हेर्दा मैले गर्न नहुने बोल्न नहुने बोलेछु जस्तो लाग्छ । तर, त्यस समय त्यो निर्विकल्प नै थियो ।’

अनेरास्ववियुका पूर्वअध्यक्ष राजेन्द्रकुमार राईले ‘आयु विद्यार्थी आन्दोलन’ नामक पुस्तक विमोचनमा पुस्तकको निचोड दिँदै भने, ‘विद्यार्थी आन्दोलनले आफूलाई यही ठाउँबाट सुधार्न आरम्भ नगर्ने हो भने अथवा विद्यार्थी आन्दोलनलाई सुधार्न सकिएन भने त्यसलाई आजकै मितिदेखि बन्द गरिदिए हुन्छ र त्यसमा शोक होइन खुशीयाली मनाए हुन्छ । एउटा बृहत अन्तिम भोज आयोजना गरे हुन्छ । किनकि विद्यार्थी आन्दोलनको अन्त्यसँगै एकातिर धेरै खाले विकृति र धोकाको अन्त्य हुनेछ भने अर्कोतिर कम्तीमा भविष्यका खराब नेताहरू उत्पादन गर्ने एउटा गतिलो कारखाना बन्द हुनेछ ।’

शिक्षण संस्थामा हुने त्रुटि तथा गल्तीले विद्यार्थीमा पर्ने सकसको अवस्थामा उनीहरूलाई सहयोग गर्ने र बाटो देखाउने विद्यार्थी संगठन नै हुन्छन् । विद्यार्थी संगठन भएको विद्यालयमा संगठनहरु आआफ्नो ‘हेल्प डेस्क’ नै खडा गरेर बसेका हुन्छन् । कतिपय नयाँ विद्यार्थीका लागि त्यहाँ विद्यार्थी समूह, संगठनको भूमिका सकारात्मक नै रहेको छ ।

विद्यालयमा अहिले विद्यार्थीकै लागि आन्दोलन विरलै हुने गरेको छ । खासमा शैक्षिक गुणस्तर र शैक्षिक बहस गर्ने थलो हो विद्यार्थी संगठन । तर, अहिले आवश्यक कुशल नेतृत्व होइन, मूकदर्शक नेतृत्व उत्पादन गर्ने ठाउँ बनाइएको छ विद्यार्थी संगठनलाई । झनै केही विद्यार्थी संगठनहरुको आन्तरिक विवादले विद्यालय÷कलेज नै अस्तव्यस्त बनाएको छ । विद्यार्थीको हकहितको पैरवी गर्ने कामलाई छाडेर भागबन्डा खोज्नु विद्यार्थी संगठनको कुकर्म हो । यसमै आधारित झैझगडा अहिले सुन्नु नौलो कुरा छैन ।

विद्यालयमा अहिले विद्यार्थीकै लागि आन्दोलन विरलै हुने गरेको छ । खासमा शैक्षिक गुणस्तर र शैक्षिक बहस गर्ने थलो हो विद्यार्थी संगठन । तर, अहिले आवश्यक कुशल नेतृत्व होइन, मूकदर्शक नेतृत्व उत्पादन गर्ने ठाउँ बनाइएको छ विद्यार्थी संगठनलाई ।

हिजो पार्टीहरू प्रतिबन्धित हुँदा विश्वविद्यालयका विद्यार्थीका माध्यमबाट राजनीति गर्नुपर्ने अवस्था रहुञ्जेलसम्म विद्यार्थी संगठनको कार्यशैलीमा प्रश्न थिएन । हुन त विश्वका केही देशमा राजनीतिक स्वतन्त्रतापछि विद्यार्थी संगठनको औचित्य पनि समाप्त भएका उदाहरण पनि छन् । दक्षिण एसियाली मुलुक श्रीलंकामा श्रीलंकन विद्यार्थी युनियनलाई श्रीलंकन युथ युनियनमा रूपान्तरण गरिएको नजिर पनि छ ।

यस हिसाबले हेर्दा विद्यार्थी संगठन केका लागि ? अधिकारको सीमा के के हुन् ? जवाफ अनुत्तरित छन् । तर, यदि विधानअनुसार संगठन चल्ने हो भने आज प्रश्न चिह्न खडा हुने थिएन । त्रिविको शैक्षिक क्यालेन्डरमा २-२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । यसलाई केही अवधि फलो पनि गरिएको देखिन्छ । तर, गणतन्त्रपछि स्ववियु निर्वाचन पात्रोमै सीमित भयो ।

२०७३ सालमा ६२ मध्ये २६ वटा क्याम्पसमा मात्र निर्वाचन भयो । ६ वर्षपछि २०७९ मा स्ववियु निर्वाचन भयो । तर पनि यो विवादरहित शान्तिपूर्ण तरिकाले हुन सकेन । केही ठूला क्याम्पसमा निर्वाचन नै भएन । पछिल्लो १४ वर्षदेखि त्रिविलगायत उपत्यकाका १३ र उपत्यका बाहिरका २३ क्याम्पसमा निर्वाचन हुनसकेको छैन । २०७३ सालमा उपत्यकाका ९ र उपत्यका बाहिरका १७ गरी २६ वटा क्याम्पसमा मात्रै निर्वाचन भएको थियो । देशभर ६२ आंगिक क्याम्पस सञ्चालित छन् । त्रिविले २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू गरेपछि २०७३ मा निर्वाचन भएको थियो ।

पहिल्लो दशकका विद्यार्थीहरुले न स्ववियुको महत्व बुझ्न सकेका छन् न त स्ववियु नै भोगेका छन् । स्ववियु निर्वाचन भनेको त भोलिको सही राजनीतिक नेतृत्व निर्माणका लागि वार्मअप गर्ने ठाउँ हो । तर, शैक्षिक संस्थामा तालाबन्दी गर्दै हिँड्ने र अमूक नेतालाई एअरपोर्टमा स्वागत र बिदाइको लागि लाम लाग्ने काममात्रै गर्दा विद्यार्थी आन्दोलन र विद्यार्थी संगठन बदनाम भएको छ ।

यी यावत कारणले अहिले विद्यार्थी संगठनको औचित्य नै धरापमा देखिन्छ । वाच डगको भूमिका निर्वाह गर्नुपर्ने विद्यार्थी आन्दोलन आज आफ्नो लय छाडी राजनीतीकरणकै भागीदार हुनु विद्यार्थी संगठनकै पहिचान र कर्तव्यमाथि प्रश्न उठ्नु हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *