अनिता चलाउनेले रवि ओडसँग ल्याइन् देउडा गीत, भिडियोमा मिस पवी र कविता नेपाली – Nepal Press

अनिता चलाउनेले रवि ओडसँग ल्याइन् देउडा गीत, भिडियोमा मिस पवी र कविता नेपाली

काठमाडौं । गायिका अनिता चलाउनेले नेपाल आइडलको तेस्रो सिजनका विजेता रवि ओडसँग मिलेर नयाँ गीत सार्वजनिक गरेकी छन् । उनको यो गीत देउडा भाकामा गाइएको छ ।

चाँडै सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया जान लागेकी अनिताले त्यसैलाई लक्षित गर्दै देउडा गीत निकालेकी हुन् । उनले गौरा पर्वका अवसरमा अष्ट्रेलियामा हुने कार्यक्रममा प्रस्तुति दिनेछिन् । त्यहाँ सुदूरपश्चिमेली भाकाबाट नेपाली समुदायलाई लठ्याउने उनको तयारी छ ।

‘कर्णाली पारिको’ बोलको गीत निकै सुमधुर छ । अनिता र रवि दुवैको स्वरको केमेस्ट्री मिलेको छ । गीतको भिडिओमा पनि खुबै मेहनत गरिएको छ ।

भिडियोको निर्देशन शंकर विसीले गरेका हुन् । भिडिओमा अहिलेकी हटकेक मोडल मिस पवीलाई देख्न सकिन्छ । उनलाई चर्चित डान्सर कविता नेपालीले साथ दिएकी छन् । भिडिओमा रवि ओडले पनि कम्मर मर्काउने प्रयास गरेका छन् ।

आकर्षक सेट र दर्जनौं कोरस डान्सरहरुको साथमा गीतको भिडिओ तयार गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर