मिस्ट्रीखोला २ जलविद्युत आयोजना निर्माण रोक्न सर्वोच्चको अन्तरिम आदेश – Nepal Press

मिस्ट्रीखोला २ जलविद्युत आयोजना निर्माण रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका- ४ मा निर्माणाधीन मिस्ट्री खोला २ जलविद्युत आयोजना निर्माण नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले तातोपानी कुण्डको ऐतिहासिक तथा सांस्कृतिक महत्व रहेको स्थानमा भूगर्भविद्सहितका सम्बन्धित दक्ष विज्ञहरुबाट विधिवत रुपमा वातावरण प्रभाव मूल्यांकन कार्य नभएको भन्दै अन्तरिम आदेश जारी गरेको छ ।

आयोजनाको कुनै पनि भौतिक संरचना निर्माण नगर्न नगराउन आदेशमा उल्लेख छ । माउन्टेन इनर्जी नेपाल प्रालिले उक्त आयोजना निर्माण गर्न लागेको थियो । त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर