मिटरव्याज पीडितहरुले मागे गृहमन्त्रीको राजीनामा (तस्बिरहरु) – Nepal Press

मिटरव्याज पीडितहरुले मागे गृहमन्त्रीको राजीनामा (तस्बिरहरु)

काठमाडौं । मिटरव्याज पीडितहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनमा मागेका छन् । मिटर व्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले आज नयाँ बानेश्वरमा प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।

उनीहरुले सरकारले ल्याएको मिटरव्याज सम्बन्धी नयाँ बिधेयकप्रति असन्तुष्ट जनाएका छन् । संघर्ष समितिले मंगलबार नै काठमाडौंमा प्रदर्शन सहित संसद भवन घेराउ गरेका छन् । उनीहरुले नयाँ विधेयक मिटरव्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

यस्तै समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।

समितिले नयाँ कानूनले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी नै रहने बताएकाे छ । संघर्ष समितिका प्रवक्ता निर्ग नविनले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहुमहाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहेपनि अहिले साहुमहाजन एक पक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्ट जनाए । उनले साहुमहाजनसंग भएका कागजपत्रको छानविन हुनुपर्ने र अनुचित लेनदेन देखिए कारवाही हुनुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “मिटरव्याज पीडितहरुले मागे गृहमन्त्रीको राजीनामा (तस्बिरहरु)

  1. प्रचण्ड, नारायणकाजी,माधव, उपेन्द्र, काँग्रेसले यो देशमा केहि गर्छन ? विदेशीको चाकडी गर्ने, सत्तामा टिक्नेभन्दा यिनको अरू कुनै काम छैन । यिनलाई राजनीतिबाट निमिट्यान्न नपारेसम्म देशमा केही हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *